२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठक शुरु, कार्यदलको प्रतिवेदन र बामदेवको मनोनयन बारे छलफल हुदै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । अपरान्ह ३ बजेपछि बैठक सुरु भएको हो । आज बिहान बजेका लागि तय भएको बैठक पार्टीको आन्तरिक विवाद मिलाउनका लागि भन्दै दिउँसो ३ बजेका लागि सारिएको थियो । 

आजको बैठकमा विशेषतः हालैमात्र नेकपाको कार्यदलले तयार पारेको र दुई अध्यक्ष प्रधानमनत्री केपी ओली र प्रचण्डलाई बुझाइसकेको प्रतिवेदन बारे छलफल हुने बताइएको छ । त्यसैगरी सो बैठकमा नेकपाका नेता बामदेव गौतमलाई राष्टिय सभामा मनोनित गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । 

यसअघि बैठक गत भदौ १३ गतेका लागि तय भएको थियो । तर पछि अध्यक्षद्वय पी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीचको छलफलपछि बिहीबार बोलाइएको हो । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रियसभाको रिक्त एकजना मनोनित गर्ने सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने नेताहरुको तयारी छ र त्यसमा सम्भवत बामदेव गौतमलाई नै लैजाने सहमति दुई नेताबीच भएको पाइएको छ। 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन नसकेको यस विषयमा आज बिहानसम्म सहमति भएको बुझिएको छ । उनीहरु दुवैजना बीच बामदेवलाई लैजाने भन्नेमा सहमति भएको छ ।