
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । बुधबार सुन प्रतितोला ११०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड नजिक पुगेको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको ऐतिहासिक मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ ।