१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खतिवडाको राजीनामा फिर्ता ! बामदेवको निर्णय भोलिको मन्त्रिपरिषदबाट



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवाराज खतिवडाले आफ्नो पदबाद राजीनामा दिन खोजेकोमा प्रधानमन्त्रीले फिर्ता गरिदिएका छन् । डा.खतिवडाको कार्यकाल भोलि शुक्रबार राति १२ बजेबाट सकिँदैछ । उनलाई पुनः अर्थमन्त्रीमा निरन्तरता दिनका लागि राष्ट्रिय सभामा सदस्यका रुपमा मनोनित गर्नुपर्ने हुन्छ । 

तर यसपटक उनलाई राष्ट्रिय सभामा सदस्यका रुपमा लैजान नसकिने जानकारी दिएर खतिवडालाई प्रधानमन्त्री केपी ओलीले स्पष्ट गरेपछि आज उनले राजीनामा बोकेर बालुवाटार पुगेको समाचार स्रोतले जानकारी दियो । 

उनले कार्यकाल सकिएर आफै निस्किएको नभएर राजीनामा दिएर निस्किएको भन्ने बनाउनका लागि आज राजीनामा दिने योजना बनाएका थिए ।
तर प्रधानमन्त्रीले आज राजीनामा नदिन सुझाएपछि उनी यसै फर्किएका थिए । तर पनि उनको प्रयास जारी नै रहेको र भोलि बिहानसम्ममा प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाउने ध्याउन्नमा लागेको बुझिएको छ । 

समाचार स्रोतले भन्यो प्रधानमन्त्रीले आज नदिनु भोलिलाई विचार गरौँला भन्नुभएको छ, हेरौँ भोलि के हुन्छ ? अर्काे समाचार स्रोतले भन्यो भोलि नै कार्यकाल सकिने भएपछि किन राजीनामा दिनुपर्यो भनेर पनि प्रधानमन्त्रीले भन्न सक्नुहुन्छ । 

प्राप्त अर्को एक समाचारमा भोलि बिहान मन्त्रिपरिषदको बैठक बस्दैछ । सो मन्त्रिपरिषद बैठकले बामदेवलाई राष्टिय सभामा मनोनित गर्नका लागि राष्ट्रपतिसमक्ष पठाउने विषयमा निर्णय गर्र्ने जनाएको छ । 

त्यस सम्बन्धी सहमति आजको सचिवालय बैठकमा हुनेछ । नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ । यसअघि आज बिहान सम्म पनि प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई नै राष्टिय सभामा पठाउने र अर्थमन्त्रीमा नै निरन्तरता दिने अडानमा थिए । तर आज बिहान प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री यो निर्णयबाट फिर्ता भएका थिए । उहाँहरुबीचको सहमतिपछि आज नै सचिवाय बैठक बसेको हो । सोही बमोजिम नै भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।   
 




भर्खरै