१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने अनुमान



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने अनुमान गरेको छ ।

राष्ट्रिय योजना आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गर्दै १९ खर्बको सीमा निर्धारण गरेको हो ।

चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याईएकोमा १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने मन्त्रालयले अनुमान गरेको छ । त्यसमा करिब १२ प्रतिशत वृद्धि हुने योजना आयोगको अनुमान छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारीको नेतृत्वको समितिले आगामी प्रत्येक तीन आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ को राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको हो ।