१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेनः सांसद नेम्वाङ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको बताउनु भयो । उहाँले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, सुशासनको कमजोरीको कारणले विकास निर्माणका कामले पूर्णता प्राप्त गर्न नसक्दा जनताले कष्ट भोग्नुपरेको छ । इलामकै थुप्र बाटा र पुलहरु अलपत्र अवस्थामा छन् । अझै बर्खामा समयमा त जनताको जीवनस्तर थप कष्टकर बन्ने अनुमान समेत गर्न सकिन्छ । सोच्नुपर्ने विषय के हो भने बजेट जान्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण यस सम्मानित सदनले सुशासन कायम गर्न सम्बन्धीत निकाय र ठेक्कावालाहरुलाई कामलाई पूर्णता दिन पहल गरोस् । कडाईका साथ दबाब दिओस् ।’

उहाँले विकास निर्माणका काममा गम्भिरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताउनु भयो ।