२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिन्छः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवद्र्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश भएको तर चिन्न नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधिय वनस्पति र अन्य जैविक श्रोतहरुको व्यवसायिक र वैज्ञानिक सदुपयोग गर्नसके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताउनु भयो । उहाँले नेपालमा पाइने विभिन्न वनस्पति, जडिबुटी, कृषिबाली तथा जैविक श्रोतहरुले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको उल्लेख गर्नुभयो । उहाँले जैविक श्रोतहरुको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायिकरण अझै प्रभावकारी हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्राकृतिक श्रोत, साधनले भरिपूर्ण देश हो । हामीले चिन्न नसकेको आफ्नो ठाउँमा रहला । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधिय वनस्पति र अन्य जैविक श्रोतहरुको व्यवसायिक र वैज्ञानिक सदुपयोग गर्नसके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउन सकिन्छ । यहाँ पाइने विभिन्न वनस्पति, जडिबुटी, कृषिबाली तथा जैविक श्रोतहरुले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको कुरा हामी सबैलाई थाहा छ । तर यि जैविक श्रोतहरुको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायिकरण अझै प्रभावकारी हुन सकेको छैन । राज्यले यसको व्यवस्थापन जुन ढंगबाट गर्नुपर्ने थियो, त्यसमा राम्रोसँग ध्यान नपुगेको मलाई लाग्दछ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवद्र्धन गर्नसके हाम्रो कृषिमा आमुल परिवर्तन ल्याउन सकिन्छ ।’

मन्त्री अधिकारीले सरकार कृषि अनुसन्धान, जैविक विविधताको संरक्षण तथा जैविक श्रोतहरुको औद्योगिक एवं व्यवसायिक प्रयोगलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।