२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

होस्टेल फर्किन नेपाली विद्यार्थीको मागः कलेज प्रशासनले गल्ती स्वीकार गर्नुपर्छ



अ+ अ-

काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् ।

लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए । प्रदर्शनरत नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गरि जबरजस्ती होस्टलबाट निकालिएका थिए।

सोमबार दिउँसो केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी गरेको थियो । कलेजले दबाब दिएपछि नेपाली विद्यार्थीहरू नेपाल फर्किन वा अन्यत्र सर्न बाध्य भएका थिए ।

कोहि विद्यार्थीहरू आफ्नै पहलमा नेपाल फर्किन लागेका छन् भने केही विद्यार्थीले भारतमै विश्वविद्यालय बाहिर विभिन्न होटलहरुमा आश्रय लिइरहेका छन् । दिल्लीस्थित नेपाली दूतावासको पहलपछि कलेज प्रशासनले विद्यार्थीलाई होस्टेलमा फर्किन अनुरोध गरेको थियो ।

घटनाको सत्यतथ्य छानबिन माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यहार भोग्नु परेको बताउदै विद्यार्थीहरुले होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि विभिन्न सर्तहरु अघि सारेका छन् ।

विद्यार्थीहरुले न्याय सुनिश्चित गरिनुपर्ने भन्दै घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गर्न माग राखेका छन् । यस्तै, होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि प्रहरी अनुसन्धान गर्न र पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही गर्न माग राखेका छन् । उनीहरुले पीडितले पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्ने भन्दै ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाउन समेत माग गरेका छन् ।

यस्तै, उनीहरुले नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्न माग गरेका छन् । विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, सीसीटीभी फुटेज सार्वजनिक गरिनुर्ने र विद्यार्थीहरुलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्ने माग राखेका छन् । यस्तै, कलेज प्रशासनले आफ्नो गल्ती सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने उनीहरुको माग छ ।