२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनिस क्रोनर नोट फागुन मसान्तपछि साट्न नपाइने



अ+ अ-

काठमाडौं। डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्तसम्म सटही नगरेमा साट्न नपाइने जनाएको हो ।

राष्ट्र बैंकले डेनिस क्रोनर नोट भएका व्यक्तिहरूले फागुन मसान्तभित्र राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशका कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट तोकिएको समयमा साट्न भन्दै सूचनामा उल्लेख गरेको छ । राष्ट्र बैंकले फागुन मसान्त पश्चात डेनिस क्रोनर नोट सटही गर्न सम्बन्धित निकाय बाध्य नहुने पनि बताएको छ ।