४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी



अ+ अ-

हेटौँडा। नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी सर्वसम्मत भएका छन् ।

सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट अध्यक्षमा मकवानपुरका अधिकारी चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

समितिको सदस्यहरूमा यादव चौलागाईँ, उमेश राई, सरला अधिकारी, रुपा गुरुङ लगायत चयन भएका छन् ।