७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाबु सडकखण्ड स्तरोन्नतिका लागि रु ८ करोड



अ+ अ-

दैलेख । सदरमुकाम महावु–कालिकोट–जुम्ला–मुगु–डोल्पा हुँदै चीनको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय महत्व बोकेको महावु सडक खण्डको कालोपत्रेका लागि रु ८ करोड बढीको ठेक्का आह्वान गरिएको छ । सङ्घ सरकारको सडक डिभिजन कार्यालय सुर्खेतमार्फत निर्माणका लागि ठेक्का खोलिएको हो । सदरमुकाम आसपास हुँदै महावु खण्डको स्तरोउन्नतिका लागि पहिलो चरणको ठेक्का खुलाइएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । त्रिदेशीय सडकअन्तर्गत निर्माणका लागि गत वर्ष प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको रु ६ करोडबाट कालोपत्रे शुरु गर्नुभएको थियो ।

गत वर्ष निर्माण व्यवसायीले काम नसकेपछि जिम्मेवारी लिएका निर्माण कम्पनीलाई नै काम पूरा गर्न ६ महिनाको म्याद दिने र सोही अवधिमा सम्पन्न भए मात्र भुक्तानी दिने गरी अर्थ मन्त्रालयमा प्रक्रिया थालनी गरिएको प्रतिनिधिसभा सदस्य शर्माले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत तल्लोडुगेश्वर, दुल्लु, भैरवीको बेहुली लेक हुँदै कालिकोटको भर्ता लेक भएर कर्णाली राजमार्ग जोड्ने सडकको काम पनि गत वर्षदेखि धमाधम शुरु भएको छ । ट्रयाक खोल्न बाँकी रहेको मुख्य सडक खण्डमध्ये प्रदेशसभा सदस्य राजबहादुर बुढाको सहयोगमा डाँडीमाँडी कुसापानी सडकका लागि रु १ करोड, गाबुगौँडाबाट पानीपोखरा खण्डमा रु १ करोड र बेहुलीबाट कालिकोटको सिमानासम्म जोड्नका लागि रु एक करोड गरेर रु तीन करोड  उक्त सडकमा खर्च गरिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।
 
दैलेख र कालिकोटको सिमाना जोड्नका लागि बेहुलीको लेक र भर्ता लेक जोड्न यस वर्ष रु ३५ लाखको काम सम्पन्न गर्न सडक डिभिजन कार्यालय सुर्खेतले टेण्डर आह्वान गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । दैलेख सदरमुकामको महावु हुँदै कालिकोट र भैरवीको कुसापानी  दुवै सडक निकै महत्वका भएको र परम्परागत रुपमा मानिस ओहोरदोहोर गर्ने छोटो दूरीको भएकाले  यस क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने स्थानीयबासीको भनाइ छ ।