११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट भ्रष्टाचार निवारण विधेयक सर्वसम्मतिले पारित



अ+ अ-

काठमाडौँ। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेश गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार अन्त्य गर्न विधेयक ल्याउनुपरेको प्रष्ट पारे।

सांसदले ‘भ्रष्टाचारविरुद्ध सामाजिक जागरण’ शीर्षक राख्न सुझाव दिएका छन्। सांसद माधव सापकोटाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकमा भ्रष्टाचारविरुद्ध ‘सामाजिक जागरण’ छुट्टै शीर्षक राख्नुपर्ने सुझाव दिए।

विधेयकमाथिको छलफलका क्रममा उनले पछिल्लो समय ‘भ्रष्टाचार संस्कार’का रूपमा विकास भएको उल्लेख गर्दै यसविरुद्ध सामाजिक जागरण गर्ने विषय विधेयकमा उल्लेख गर्नुपर्ने बताए।

सांसद प्रकाश ज्वालाले भ्रष्टाचारजस्तो राष्ट्र र जनताविरोधी जघन्य अपराध गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए। यसतर्फ विधेयक केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

सांसद मेटमणि चौधरीले भ्रष्टाचार न्यूनीकरणमा नियम कानूनसँगै नियत नै ठीक हुनुपर्ने तर्क गरे। सांसद दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्तेतर्फ विधेयक बढी लक्षित हुनुपर्ने सुझाव दिए।

सांसद सुमना श्रेष्ठ, किरणकुमार शाह, ठाकुरप्रसाद गैरे, अशोककुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नेगरी विधेयक बनाउनुपर्ने बताए। प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिनको १ बजे बस्नेछ। रासस