६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चिया : अर्गानिक रोज्ने कि रासायनिक मल खोज्ने ?

चिया : अर्गानिक रोज्ने कि रासायनिक मल खोज्ने  ?
अ+ अ-

इलाम । मुलुकभर यतिबेला रासायनिक मल अभाव भएका खबर आइरहेका छन् । रासायनिक मल नेपाल ल्याउन नसकको भन्दै सरकारले आलोचना खेप्नु परेको छ भने मल अभाव भएको भन्दै किसान गुनासो गरिरहेका छन् । 

मुख्यतः पूर्वी जिल्लामा खेती हुने चियाको समस्या पनि अहिले रासायनिक मलकै हो । रासायनिक मल अभाव भएकाले चियाको उत्पादन घट्ने सम्भावना रहेको किसान बताइरहेको छन् । नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ तर लामो समयदेखि अर्गानिक बन्नुपर्छ भन्ने चिया क्षेत्रमै मलको वियोगान्त कथा सुन्दा अचम्म लाग्छ । 

चियाको अर्गानिकरणका लागि विषादी र रासायनिक मल प्रयोग गर्न नहुने मुख्य प्रावधान छन् । तर, सधै एकातिर प्राङ्गरिकको नारा धन्किन्छ भने अर्कातिर रासायनिक मलको  कोकोहोलो मच्चिरहन्छ । यो समस्या बर्षौंदेखिको हो । अन्तर्राष्ट्रिय बजारमा समेत अर्गानिक चियाको माग बढेपनि चिया अर्गानिक नबन्नु चाहिँ अचम्म लाग्दो छ । 

किसान र उद्योगी मात्रैले चियालाई अर्गानिक गर्न नसक्ने भएकाले मल उपयोग गर्नुपरेको किसान र उद्योगीको भनाइ छ । आफूहरूले प्रयास गरिरहेको भएपनि सरकारी क्षेत्रबाट सहयोग नपाएकाले अर्गानिक गर्न नसकिएको जिल्ला चिया उत्पादक सहकारी सङ्घका अध्यक्ष प्रेमराज गुरुङ बताउनुहुन्छ । “हामीले त वर्षौदेखि यो विषय उठाएका हौँ तर सरकारी क्षेत्रबाट चासो दिइँदैन ।” 

रासायनिक मल मात्र होइन, चियामा विषादी समेत प्रयोग गर्ने गरिन्छ । छोटो समयमा धेरै उत्पादन गर्नका लागि किसानले विषादी र रासायनिक मल प्रयोग गर्ने गरेको उद्योगीको भनाइ छ । विषादीले मानव स्वास्थ्यमा असर पार्छ भने मलले माटोको उर्वरा शक्ति कम गर्छ । अर्गानिक एकैचोटी गर्न नसकिने र प्रक्रियागत तरिकाले गर्नु परेकाले लामो समय लागेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईको भनाइ छ । 

छोटो समयमा धेरै कमाइ गर्न खोज्ने किसान र चियामा चासै नदिने सरकारका कारण चिया अर्गानिकमा नगएको राईको दुखेसो छ । वर्षेनी चिया उद्योग प्राङ्गरिक हुने वा प्राङ्गरिक प्रक्रियामा जाने सङ्ख्या बढेकाले मल र विषादी छाडेर अर्गानिकमा जाने क्रम बढ्दो रहेको उहाँको भनाइ छ ।

“अहिले पनि युरोपियन मुलुकमा जाने चिया अर्गानिक चाहिन्छ र किसानले अर्गानिक बनाउँछन् तर भारतमा बिक्ने चियालाई अर्गानिक नहुँदा पनि हुन्छ” राई थप्नुहुन्छ, “चिया जाने ठाउँबाटै अर्गानिक चियाको माग नआएपछि किसानले मल÷विषादी प्रयोग गरेका हुन् ।” हालसम्म जिल्लाका १२ वटा चिया उद्योगले अर्गानिक प्रमाणपत्र पाइसकेका छन् । अन्य उद्योग पनि प्रक्रियामा छन् तर अर्गानिक महङ्गो प्रक्रिया र अर्गानिक चियाको छुट्टै मूल्य नपाइने भएकाले किसानले मल प्रयोग गर्ने गरेको अर्गानिक प्रमाणित उद्योगी एवं ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक गोपाल दाहाल बताउनुहुन्छ । 

“हाम्रै उद्योग सर्टिफाइ हुन पनि झण्डै रु १० लाख लाग्यो । अनि वर्षेनी नवीकरणका लागि रु तीन लाख लाग्छ” दाहालले भन्नुभयो, “किसानको उत्पादनदेखि बगान सबैको प्रत्यक्ष अनुगमन गराउनु पर्छ । यो सबै रकम उद्योगले नै बुझाउनु पर्छ ।” किसानमा सचेतना आएपनि अर्गानिक चियाको उच्च मूल्य नभएकाले अर्गानिक बन्न नसकेको देखिन्छन् भने चियालाई चाहिने खाद्य तत्व अर्गानिक मलमा भन्दा रासायनिक मलमा बढी हुनाले पनि किसान रासायनिक मल प्रयोग गर्न बाध्य छन् । 

सरकारी पक्षबाट अर्गानिकरणका लागि प्रयत्न नहुने र अर्गानिक चियालाई प्राथमिकता नदिने भने अझै लामो समय चियालाई रासायनिक मलमुक्त बनाउन नसकिने देखिन्छ । अर्गानिकभन्दा पनि मल किन्न सहज हुने भएकाले किसानले मल र विषादी प्रयोग गर्ने गरेको बताउनुहुन्छ सूर्योदय नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्मा । उहाँ भन्नुहुन्छ, “हाम्रो नगरबाट त पछिल्लो समय प्राङ्गरिक उन्मुख क्षेत्र भनेर काम नै शुरु गरेको छौँ तर लामो समय चिया क्षेत्रको अर्गानिकका लागि राज्यको चासो नगएकै हो । ” 

शर्माका अनुसार नगरपालिकाले सबै बालीमा अर्गानिक बनाउन तीन÷तीन वर्षे पाँच वटा चरण बनाएको छ भने विषादी बेच्ने पसललाई समेत दर्तामा आउन आह्वान गरेको छ । किसानमा सचेतना बढाउदै लैजादा लामो समयपछि विषादीमुक्त बनाउन सकिने उहाँको भनाइ छ । “चियालाई एकैचोटी अर्गानिकमा लैजान सकिंदैन त्यसैले चरणबद्ध गर्नुपर्छ । प्रक्रिया चलाउँदा लामो समय लाग्छ” शर्माले भन्नुभयो ।