२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थीहरूका लागि कक्षा तथा छात्रावासको व्यवस्था गर्ने-नेपाली दूतावास



अ+ अ-

काठमाडौँ। भारतीय राज्य ओडिसास्थित कलिङा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालन एवं छात्रावासको व्यवस्था गर्ने जनाएको छ।

‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइतबार बुटवलकी प्रकृति लम्सालको कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । लम्साल मृत भेटिएपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन गरेका थिए । नेपाली विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि कलेजले उनीहरुलाई निष्काशन गरेको थियो ।

भिडियोमा सारी लगाएका दुई शिक्षिकाले नेपाली छात्रालाई तुरुन्त सामान प्याक गर्न भन्दै थर्काएको देखिन्छ । एक शिक्षिका भन्छिन्, ‘तिमीहरु आफैंले आफूलाई यस्तो गरेको हो । हामी तिमीहरुलाई रातिदेखि नै सम्झाइरहेका छौं, स्थानीय प्रशासनले टेकओभर गर्नेछ ।’

अर्की शिक्षिका आएर थप्छिन्, ‘तुरुन्तै सामान प्याक गरेर निस्किहाल । यहाँ प्रहरी आउँदैछ ।’ एक नेपाली छात्राले प्रश्न गर्छिन्, ‘हाम्रो गल्ती के हो ?’ शिक्षिका बम्किन्छिन्, ‘हामीलाई थाहा छैन तिमीहरुको गल्ती के हो । हामी यत्ति भन्छौं, तिमीहरुले हामीलाई यो निर्णय लिन बाध्य बनायौं । अब तिमीहरु कोही यहाँ सुरक्षित छैनौं । जहाँ सुरक्षित छौ, त्यही जाऊ ।’

विज्ञप्तिसहित