२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोधभर्ना प्राप्तिमा सुधारः १३ अर्ब मात्रै उठ्न बाँकी



अ+ अ-

काठमाडौँ । शोधभर्ना प्राप्तिमा सुधार हुँदै गएको छ । अघिल्ला वर्षहरुमा ठूलो मात्रामा त्यस्तो रकम उठ्न बाँकी रहने देखिएकोमा हाल १३ अर्ब मात्रै त्यस्तो रकम उठ्न बाँकी देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार आर्थिक वर्ष २०८१/८२ को शुरूवातमा विकास सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम अनुदानतर्फ ६ अर्ब २५ करोड ११ लाख र सहुलियतपूर्ण ऋणतर्फ १४ अर्ब ३३ करोड ३ लाख गरी जम्मा २० अर्ब ५८ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १८ अर्ब २२ करोड ४१ लाख शोधभर्ना लिन बाँकी भएकोमा २५ अर्ब ६६ करोड ६२ लाख शोधभर्ना प्राप्त भएको छ । हाल शोधभर्ना लिन बाँकी रकम १३ अर्ब १३ करोड ९३ लाख रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधभर्ना लिन बाँकी १७ अर्ब २१ करोड १ लाख रहेको थियो । शोधभर्ना प्राप्तिको हिसाव राख्ने महालेखा नियन्त्रकको कार्यालयकाअनुसार शोधभर्ना प्राप्तिमा ठूलो सफलता हासिल गर्दै गइएको छ । विगतमा ठूलो मात्रमा शोधभर्ना प्राप्ति हुन नसक्दा सरकारी स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा नराम्ररी चाप पर्दै आएको थियो ।

शोधभर्ना भुक्तानी दातृ निकायले आयोजनाको वास्तविक खर्चका आधारमा गर्ने गरेका छन् तर विगतमा सञ्चालित आयोजनाले वास्तविक खर्च नदेखाउँदा पनि अघिल्ला वर्षहरुमा शोधभर्ना भुक्तानीमा दातृ निकायले आनाकानी गर्ने गरेका थिए ।

के हो शोधभर्ना ?

खासगरी, वैदेशिक सहायतामा निर्माण गरिने आयोजनामा दातृ निकायबाट व्यहोरिने रकम शुरुमा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च गर्छ । त्यसपछि खर्च गरिएको रकम दातृ निकायमा माग गरी प्राप्त गर्नु नै शोधभर्ना हो । त्यसरी पहिले सरकारको आफ्नै स्रोतको प्रगोग गर्ने र पछि सहायता उपलब्ध गराउन सम्झौता गरेको देश–निकायबाट भुक्तानी प्राप्त गर्ने विधिका रुपमा शोधभर्नालाई लिइने गरिएको छ । आयोजनामा भएको वास्तविक खर्चका आधारमा भुक्तानी गरी नगद व्यस्थापन गर्न दातृ निकायहरूले शोधभर्ना विधिमार्फत भुक्तानी गर्दै आएका छन् ।