१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो



अ+ अ-

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ ।
 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार एक सूचना प्रकाशित गरी तोकिएका सेवाबाहेक सञ्चालन नगर्न आग्रह गर्नुभएको छ । सूचनामा अत्यावश्यकीय वस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ । ती पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।
 
जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या भने दिनहुँ बढ्दै गएको छ । 




भर्खरै