२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली विद्यार्थीले लिए एनओसी



अ+ अ-

काठमाडौं । पछिल्लो १० वर्षमा विदेशमा पढ्न ६ लाख ३९ हजार १४८ विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी ) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार उच्च शिक्षा अध्ययनका लागि २०७१/०७२ देखि २०८०/०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् ।

विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेकोमा आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ मा भने हरेक वर्ष एक लाख बढीले एनओसी लिएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिएका थिए । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिँदा आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख १२ हजार ९६८ जनाले विदेशमा पढ्न एनओसी लिएका छन् ।

नेपालीहरु अध्ययनका लागि सबैभन्दा अष्ट्रेलिया जापान गएका छन् । त्यसपछि दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको तथ्याङ्कमा देखिन्छ ।