१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा साढे एक करोड क्षति



अ+ अ-

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा रु एक करोड ४० लाख ५८ हजार १०० बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । 

प्रहरीको मुचुल्का अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको रु ३८ लाख ८२ हजार क्षति भएको छ भने सोही घरमा भाडा लिएर व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा रु ५० लाखको क्षति भएको हो । गोदाममा राखिएको खुद्रा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक सामान ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायत सबै सामान जलेर नष्ट भएका छन् । प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगलागी हुँदा रु दुई लाख बराबरको क्षति भएको छ । 

सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागार्इंको प्रकृति सपिङ सेन्टरमा पनि रु छ लाखको क्षति भएको हो । त्यस्तै जनकध्वज खाँडको घरमा रु ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको एक लाख र आसिप  खान र रेस्मा जोलाको रु २६ हजारको क्षति भएको छ । देवेन्द्र शर्माको घरबाट सल्केको आगोले दुई घरमा रु एक करोड ४० लाखको क्षति गरेको हो । 

बेलैमा आएको चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले मुख्य बजार आगलागी हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको भनाइ छ । सोलार ब्याट्री चुहावट भएर आगलागी भएको प्रहरीको अनुमान छ । खलङ्गामा तीनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएको छ । 

यसैबीच चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले आगलागी पीडित आठ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको नगरप्रमुख कान्तिका सेजुवालले बताउनुभयो । 




भर्खरै