१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना परीक्षणको रिपोर्ट मोबाइलमा



अ+ अ-

चितवन । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताउनुभयो । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ ।” 

उहाँले फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने बताउनुभयो । फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उहाँले बताउनुभयो । अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो । कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए । 

नेगेटिभ वा पोजिटिभ रिपोर्ट आएकाको मोबाइलमा एसएमएस जाने आइडी र पासपोर्ट, अस्पतालको वेबसाइटमा रहेको कोभिड रिपोर्टसम्बन्धी लिङ्कमा हालेर रिपोर्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ । “स्वाब सङ्कलनपछि सबै सफ्टवेयरबाट काम हुन्छ”, बस्यालले भन्नुभयो, “फर्म र स्याम्पल बारकोडमा हालिन्छ । यसले हराउने र तलमाथि हुने सम्भावना कम हुन्छ ।” सबै रिपोर्ट डिजिटल सिस्टममा हुने भएकाले फाइल पल्टाउने झन्झट गर्नु नपर्ने उहाँले बताउनुभयो ।

प्रयोगशाला प्रमुख डा नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो सही विवरण, नाम, ठेगना, उमेर र मोबाइल नम्बर दिन अनुरोध गर्नुभयो । “कसैले झुटो विवरण टिपाए रिपोर्ट पनि त्यस्तै आउँछ, सफ्टवेयरमा इन्ट्री भएपछि केही गर्न सकिँदैन”, डा अधिकारीले भन्नुभयो । रिपोर्ट मोबाइलमा पठाउन शुरु भएपछि कर्मचारी र सर्वसाधारण दुवैलाई सहज हुने भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताउनुभयो । रिपोर्टकै लागि धेरै समय खर्च गर्नुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ ।

अहिलेसम्म म्यानुअल तरिकाबाट चलेको प्रयोगशालालाई स्वचालित प्रणालीबाट चलाउने मेसिनको माग भइरहेको छ । चैत २१ गते स्थापना भएको प्रयोशागालमा हालसम्म करीब २१ हजार नमूना परीक्षण गरिएको छ । चितवनसहित विभिन्न १५ जिल्लाका नमूना परीक्षणका लागि भरतपुर आउने गरेका छन् ।




भर्खरै