सुर्खेत। बाजुराबाट विद्यार्थी बोकेर पोखरा हिँडेको बस सुर्खेतमा दुर्घटनामा परेको छ । बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेत हुँदै पोखरा भ्रमणमा हिँडेको बस आइतबार साँझ दुर्घटनमा परेको हो ।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्।
प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् ।उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्यायको छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।










