२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको सचेतना कार्यक्रम



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

ती स्थानमा गई स्वयम्सेवकले कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन् । उपत्यकामा दैनिक सङ्क्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो । शुक्रबार मात्र ४५४ जनामा सङ्क्रमण देखिएको थियो ।  

एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड–१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उहाँले बताउनुभयो । कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयम्सेवक परिचालन गरी कोभिड–१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

उहाँका अनुसार करीब एक हप्ता स्वयम्सेवकले जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ । “बढी भीड हुने ठाउँमा स्वयम्सेवक गएर कोभिड–१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्”, उहाँले भन्नुभयो, “त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र सानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन् ।” 

स्वयम्सेवकले जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड–१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन् । मन्त्रालयले स्वयम्सेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडाँै, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।




भर्खरै