२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी साहित्यिक समूहले शम्भुजीत र अशेषलाई अभिनन्दन गर्ने



अ+ अ-

काठमार्डौं । इटहरी साहित्यिक समूहले संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार गीतकार गायक शम्भुजीत बासकोटा र प्रसिद्ध नाटक निर्देशक नाट्यकर्मी अशेष मल्ललाई अभिनन्दन गर्ने भएको छ ।

फाल्गुन ५ गते सोमबार ईटहरी चोकमा रहेको धरणीधर सास्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उहाँहरुलाई अभिनन्दन गर्ने तयारी भएको समूहले जनाएको छ । समाजले नृवंश शास्त्री साहित्यकार तथा समाजसेवी धरणीधर दाहलको ९८ औ जन्मजयन्तीका अबसरमा उहाँहरुलाई सम्मान गर्न लागेको हो ।

इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमका अनुसार अनुसार, धरणीधर दाहाल जयको योगदानलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको आयोजना गरिएको हो।