काठमाडौं । बिभिन्न गुटमा सक्रिय रहेको नेपाली काँग्रेसको संस्थापन इतर समूह एकै ठाउमा उभिएर सभापति शेरबहादुर देउवा बिरुद्ध एक भएका छन् । शनिबार भएको भर्चुअल छलफलमा सहभागि पार्टीका नेताहरुले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निर्णय गरेका छन् ।
महाधिबेशन केन्द्रित रहेर सभापति देउबाले गरेका निर्णयहरु फिर्ता गराउन चरणबद्ध दबाब दिने सहमति सस्थापन इतर समुहले निष्कर्ष निकालको छ । शनिबार भएको भर्चुअल बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत नेता सहभागी थिए ।
केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार र बद्रि पाण्डे सम्मिलित समितिले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपबारेमा केन्द्रित रहेर प्रतिवेदन तयार गरेको थियो । सभापति देउबाले एकपक्षिय रुपमा ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरिसक्नुभएको छ भने नौ वटा भातृ संस्थाको समय थप गर्नुभएको छ ।
यसैगरी महाधिबेशनलाई प्रभाबित गर्ने गरी एकपक्षिय रुपमा क्रियाशिल सदस्यता बितरण गरेको आरोप पनि सस्थापन ईतर पक्षले आरोप लगाएको छ । शनिबारको छलफलले केन्द्रीय पदािधकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तर्क्रिया गर्ने, पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने दिने, जिल्ला तथा केन्द्रीय कार्यलयमा रिले र अन्तिममा आमरण अनशन बस्ने लगायतका कार्यक्रम तय गरेको छ ।
देउवाले दवाब महशुस नगरे मनोनित केन्द्रीय सदस्यले सामूहिक राजीनामा पनि दिने भन्ने बारेमा पनि छलफल भएको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो











