काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आईतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । आज सुन प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन प्रतितोला एकलाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९५५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।








