३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते



अ+ अ-

काठमाडौँ। भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिएको छ । यस दुर्घटनामा १८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।

करिब ९ः२६ बजे प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको यस हृदयविदारक घटनामा १८ जनाको ज्यान गएको छ, जसमा १४ महिला र ३ बालबालिका रहेका छन्। २५ भन्दा बढी यात्रुहरू घाइते भएका छन्।

लोक नायक जय प्रकाश अस्पतालले मृतकको पुष्टि गरेको छ। महाकुम्भ मेलामा सहभागी हुन देशभरबाट आएका भक्तजनहरूको भीड दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीडभाड थियो। तर, राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीडको चाप बढ्न गई भागदौड मच्चिएको थियो।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल छानबिनको आदेश दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सरकारले मृतकका परिवारलाई १० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेका परिवारलाई साढे २ लाख र सामान्य घाइतेलाई एक लाख दिने घोषणा गरेको छ ।