९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

संस्थागत स्वमूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो ८२% अङ्क

संस्थागत स्वमूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो ८२% अङ्क
अ अ+ अ-

काठमाडौँ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा काठमाडौँ महानगरपालिकाको प्राप्ताङ्क वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कनमा ८२.७५ अङ्क प्राप्त भएको महानगरले जनाएको छ । गएको पुस १५ गते बसेको ३९ औँ कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

वैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले स्वमूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन पेश गर्नुभएको थियो । यो प्राप्ताङ्क सम्बन्धी स्कोर टेवल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २९ गते वेभ साइटमा सार्वजनिक गरेको छ ।

२०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्याङ्कन हुन्छ । यी सूचकहरुमा क्रमशः २१, ३४  र ४५ प्रतिशत अङ्क भार राखिएको छ । यस भारमा महानगरपालिकाले क्रमशः ८६.९० प्रतिशत, ८३.८२ प्रतिशत र ८० प्रतिशत प्रगति हासिल गरेको छ । यसलाई १० वटा विषय क्षेत्रमा बर्गीकरण गरिएको छ ।

यी सूचकमध्ये शासकीय प्रबन्ध ९, संगठन तथा प्रशासन ८, बार्षिक बजेट तथा योजना व्यवस्थापन ११, वित्तीय एवम आर्थिक व्यवस्थापन ११, सामाजिक समावेशीकरण १०, सेवा प्रवाह १६, न्यायिक कार्य सम्पादन ७, भौतिक पूर्वाधार १३, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९, समन्वय सहकार्य ६ पूर्णाङ्कमा मूल्याङ्कन हुन्छ । यी पूर्णाङ्कहरुमा महानगरपालिकाले २०८०/०८१ मा क्रमशः ८.५ (९१.६७%), ८ (१००%), ७ (६३.६४%), ९.५ (८६.३६%), १२.७५ (७९.६९%), ६.५ (९२.८६%), ९.७५ (७५%), ७.५ (७५%), ७.५ (८३.३३%), ६ (१००%) अङ्क प्राप्त गरेको छ ।

महानगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा ६०.७५ अङ्क, आर्थिक बर्ष २०७८/०७९ मा ५७.२५ अङ्क र २०७९/०८० मा ७८.५ अङ्क प्राप्त गरेको थियो ।

संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो । आफैँले गरेको मूल्याङ्कनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुन्छ । स्वमूल्याङ्कन प्रणालीमा स्वभाविक अङ्क मात्र दावी गरिन्छ । माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अङ्क नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन के हो?

यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो ।

स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्वमूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ ।