वीरगन्ज । पर्सामा थप २४ जना कोरोनाका संक्रमित थपिएका छन् । शनिबार राति वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० जनाको स्वाब नमूना परीक्षणमा पर्साका २४ र बाराका २ गरी २६ जनामा संक्रमण भेटिएको हो।
अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाका अनुसार शनिबार राति पर्साको वीरगन्ज महानगरपालिकाका २२ जना, जगरनाथपुर र कालीकामाई गाँउपालिकाका १(१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ९१ पुगेको छ।
डाक्टर चौरसीयाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।











