२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशा गोबर्धन सम्मानित



अ+ अ-

काठमाडौँ। जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धनलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

डोजाङको आयोजनामा कपनमा भएको प्रथम जुगल नव काठमाडौं तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा पलेशालाई सम्मान गरेको हो । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक श्याम थापालाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, जुगल नव गुरुकुल स्कुलका अध्यक्ष डोरप्रसाद आचार्य, जुगलका संस्थापक प्रिन्सिपल गिताबहादुर लामिछाने, बूढानीलकण्ठ नगरपालिका वडा १० का अध्यक्ष नवराज भट्टराई र डोजाङ प्रमुख न्हवाङ लामाले सम्मान गरे ।