९ श्रावण २०८३, शनिबार
,
Latest
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्मा’को छायांकन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौं। ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ ।
मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो ।
चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।

‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । जसमा विपीन कार्की फिचर्ड थिए ।

सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ । सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ ।

एक्सन जनरामा यो चलचित्र निर्माण भएको छ । ‘कर्मा’लाई विपीनको यो पहिलो एक्सन सिनेमा हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।




भर्खरै