६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

समयमा मल आपूर्ति गर्न नसक्ने दुई ठेकदार कम्पनीलाई कालो सुचिमा राख्ने तयारी

समयमा मल आपूर्ति गर्न नसक्ने दुई  ठेकदार कम्पनीलाई कालो सुचिमा राख्ने तयारी
अ+ अ-

काठमाडौं। गएको करिब ८ महिना अघि नै ठेक्का दिँदा पनि भदौको अन्त्यसम्म मल निर्यात गर्न नसकेपछि मलको ठेक्का पाएका दुईवटा ठेकदार कम्पनीको ५,५ करोड रुपैयाँ धरौटी जफत गरेर उनीहरुलाई कालो सूचीमा राख्ने निर्णय नेपाल सरकारले गर्न लागेको छ । उनीहरुको धरौटी सरकारले जफत गर्ने र ती दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको समाचार स्रोतले जनाएको छ ।

आज यसै विषयमा कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बस्न लागेको हो । सो बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको कृषि मन्त्रालयको एक समाचार स्रोतले जानकारी दिएको छ । मलको ठेक्का हात पार्ने एक प्रमुख कम्पनी शैलुङ कस्ट्रक्सन कम्पनी हो र यसका मालिक शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । उनले यसअघि पनि कलंकी थानकोट बाटो, भक्तपुर नगरकोट बाटो आदि ठेक्का पारेका र त्यसै अलपत्र छोडिदिएका छन् । यसबाट लाखौँ नागरिक नराम्ररी प्रभावित भएका छन् । त्यसैगरी अर्को होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला पनि राजनीतिक पहूँचकै आधारमा ठेक्का लिने व्यक्ति हुन् । उनी नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

कृषि सामग्री संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिएको थियो । तर पनि उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन नै ख्याल नगरेर समग्र देशकै कृषि प्रणालीलाई प्रभावित पार्ने काम गरेका छन् । यी दुवै ठेकेदारले राजनीतिक पहूँचकै आधारमा आफूहरुलाई राजनीतिक भरथेग रहेकोले कर्मचारीले कुनै कारबाही गर्न नसक्ने भन्दै बल मिच्याइँ गर्दै आएका छन् । उनीहरुलाई यसअघिका ज्यादतीहरुमा पनि सरकारले कुनै कारबाही गर्न सकेको छैन । यसपालि भने किसानले मल नपाउँदा देशव्यापी रुपमा सरकारको आलोचना भइरहेको छ । अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बतायो ।

मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुवै ठेकदारलाई कारबाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले बतायो ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ। अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह नगरपालिका र गाउँपालिकामार्फत किसानसमक्ष पुर्‍याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।