१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाकी संक्रमित महिलाको धरानमा मृत्यु



अ+ अ-

काठमाडौं । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत झापाकी एक महिलाको मृत्यु भएको छ ।   

गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कन्काई नगरपालिका(३ की ४५ वर्षीया महिलाको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो ।

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी उनमा गम्भीर स्वास्थ्य समस्या कारण १८ गते बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो ।

परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले  भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।




भर्खरै