३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलाद्वारा पक्की विद्यालयका भवन निर्माण



अ+ अ-

जुम्ला। जुम्लाको तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाभित्र चारवटा सामुदायिक विद्यालयका चारवटा पक्की विद्यालयको भवन निर्माण गरेको छ ।

संघीय सरकारको विशेष अनुदान र सपपुरक अनुदानको तीन करोड ८० लाखमध्ये ठेक्काबाट एक करोड ८८ लाखमा यहाँको देउराली मावि जुम्लाकोटको ८ कोठे, ज्योति मावि रासाँमालापनीको पक्की भवन, देवी देउराली आवि पुरुको ६ कोठे पक्की भवन र सरस्वती मावि कुडारीको ८ कोठे पक्की भवन निर्माण भएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

यस्तै ग्रामीण सडक रारादेखि घोडे सुडि मानेचौर रासाँहुँदै कयरकोट सडक स्तरोउन्नती र तलिचौरदेखी लासिसम्म तटबन्धन निर्माण भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए।

पालिकाले आव २०८०र८१ को शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आयव्ययको सार्वजनिक सुनुवाइ गरेको हो । पालिकाले आव २०८०/८१ मा ५१ करोड २४ लाख ३७ हजार ७९७ अनुमानित बजेट ल्याएको थियो । यसमा कूल बजेटको ८० दशमलव ०१ प्रतिशत खर्च गरेको छ ।

चालुतर्फ ९१ दशमलव ८८ प्रतिशत खर्च गरेको गाउँपालिकाले पूँजीगततर्फ ५८ दशमलव ०८ प्रतिशत खर्च भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले प्रस्तुत गरेको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै पालिकाले आव २०८०/८१ मा १८ लाख २६ हजार आन्तरिक राजस्व संकलन गरेको जनाएको छ । गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चित गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हितानले बताए।

संघीय विशेष, समपूरक अनुदान, प्रदेशको विशेष र समपूरक अनुदानबाट गाउँपालिकाद्वारा कार्यान्वयन भएका गौरबका योजना निर्माण भई सञ्चालनमा आएका छन् ।

तीमध्ये गाउँपालिकाको प्रशासकीय भवन, तलिचौरदेखि लासिसम्म तटबन्धन निर्माण, कुडारी बजारदेखि डुङ्गि गाउँसम्म सडक स्तरोउन्नती, राँसादेखी नदैगुफा सडक निर्माण, दश शय्या अस्पताल निर्माणाधीन अवस्था, रासाँदेखि पुरुहुँदै जुम्लाकोट मानेचौरसम्म सडक निर्माण, रारा खानेपानी योजना निर्माणाधीन र वडा नं ५ को वडा कार्यालय निर्माण भएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी सानाभन्दा पनि ठुला योजनामा केन्द्रित भएर लाग्न सुझाव दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाव दिएका थिए । रासस