२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’



अ+ अ-

झापा। दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागि ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ शुक्रबार सुरु भएको छ ।

विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिने सम्मेलनको उद्घाटन अवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताए ।

क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उनले बताए । उनले क्यान्सर ‘जित्न सकिने रोग’ हो भनेर जनतामा व्यापक प्रचार गर्न मिडियालाई आग्रह गरे ।

सम्मेलनका अध्यक्ष एवम् बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले क्यान्सर रोगको विस्तार आजको विश्वको प्रमुख स्वास्थ्य चुनौति बनिरहेको उल्लेख गर्दै उपचारलाई अझ राम्रो बनाउन सम्मेलनबाट मदत पुग्ने धारणा व्यक्त गरे ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा वीरेन्द्र यादवले अस्पतालले हरेक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिरहेको जानकारी दिए ।

सम्मेलनमा क्यान्सर उपचारमा सङ्लग्न एक सय जना विशेषज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्नेछन् भने क्यान्सर जितेका मानिसको उपचार अनुभव साटासाट गरिने सम्मेलनका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले यस्तै सम्मेलन झापामा पहिलोपटक आयोजना गरेको थियो । दोस्रोपटक आयोजित सम्मेलनमा सहभागिता र छलफलका विषय विस्तार भएको उहाँले बताउनुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार स्तन र फोक्सो क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनी बढिरहेको छ । बिगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार भएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो । पाठेघरको क्यान्सर र नाक कान घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।रासस