१७ असार २०८३, बुधबार
,
Latest
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई भ्याइ नभ्याई भयो, उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्छ : प्रजिअ दाहाल



अ+ अ-

काठमाडा । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन् । 

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताउनुभयो । अहिले पनि विभिन्न ढुवानीका साधन मार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवस्यकता देखिएको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छेलाई हामिले काठमाडौं भित्र्याउनै पर्छ । प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ । यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो काठमाडौंको । त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ । अनावस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ । सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ । नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँन के फरक पर्छर भनेर डीडीएमसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीएमसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो की ।’

प्र.जि.अ. दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताउनुभयो । सडका जड्याहालाई उठाउने देखि सुन चोर सम्मलाई पक्राउ गरेर काम गर्नुपर्ने जिम्मेवारी भएको प्रहरीलाई भ्याइ नभ्याई भएकाले सिमानामा नेपाली सेनालाई नै खाटाउनुपर्ने उहाँले बताउनुभयो । 

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दवाव आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई कस्तो दवाव आउँछ बुझ्नुपर्ने, निर्णयक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडि ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृति पनि देखिन्छ ।’ योजनावद्ध रुपमा मानिसहरुलाई उपत्यका भित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवस्यकता रहेको प्र.जि.अ. पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो ‘एउटा योजनावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्याक्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ ।’

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैं सम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिले देखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अव हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् । दशैंजस्तो ठुलो चाड आएको छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले व्यहोरीरहेका छौं । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यानफाल्न पनि तयार हुँदो रहेछ । दशैंमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दशैं सम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ । होइन भने मानिसहरु दशैंमा घर जाने भन्ने हुन्छ, जमाना देखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आर्शिवाद लिनुपर्छ भन्ने खालको यो यो सेन्टीमेन्टमा, यो इमोसनमा झन भयाभह स्थिति हुनसक्छ । त्यसलाई पनि विचार गरेर यो दशैं सम्म अझै सहजिकरण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।’

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताउनुभयो । विहान ११ बजे सम्म सबै पसल खोल्न पाउने, २ बजे देखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने बताउनुभयो । 
 




भर्खरै