६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्न सांसदहरूकाे माग

आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्न सांसदहरूकाे माग
अ+ अ-

काठमाडौं । सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि व्यवस्थित आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्नुपर्ने बताएका छन ।

लक्षण नभएका व्यक्तिहरुलाई सरकारले होम आइसोलेसनमा राख्ने नीतिले संक्रमणको दर बढेको सांसदहरुले बताएका हुन । संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा सांसदहरुले होम आइसोलेसनको विकल्प खोज्नुपर्ने, तरकारी बजारमा अनुगमनको दायरा बढाउनुपर्ने र विभिन्न संघ संस्था तथा पार्टीका कार्यकर्ताहरुलाई स्वयमसेवी रुपमा परिचालन गर्नुपर्ने बताएका छन । सांसद सरिता न्यौपानेले होम आइसोलेसन व्यवस्थित गर्नुपर्ने बताउनुभयो । 

उपत्यकाका अधिकांश घरहरुमा पुरै परिवारका लागि एउटा मात्रै सौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा संक्रमितका लागि उचित व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले ल्याबको रिपोर्ट ढिला आउँदा पनि संक्रमणको दर बढ्न सहयोग पुगिरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो । 

सांसद अञ्जना विशंखेले स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका व्यक्तिहरुको सूची संकलन गरी स्वयमसेवी रुपमा परिचालन गर्नेगरी अगाडी बढ्नुपर्ने बताउनुभयो । निःशुल्क सेवा गर्न सक्ने र पारिश्रमिक लिएर काम गर्नेहरुलाई वर्गिकरण गरेर परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । 

सांसद सन्त थारुले सीमा क्षेत्रमा कडाई गरेर विभिन्न संघ संस्था र पार्टीका कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणका लागि परिचालन गर्नुपर्ने बताउनुभयो । टिभीमा देखिने गरेर कुरा मात्रै नगरेर काम पनि सहि तरिकाले गर्नुपर्ने भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । 

उपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहित स्यानीटाइजर विक्रि भइरहेको गुनासो आएकाले अनुगमन गर्नुपर्ने बताउनुभयो । कालीमाटी तरकारी बजारमा धेरै संख्यामा संक्रमण रहेका व्यक्तिहरु रहेको आशंका व्यक्ति गर्दै उहाँले व्यापार व्यवसाय गर्न नपाउने डरले लुकेर बसेका संक्रमितलाई खोज्नुपर्ने बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । आजमत्रै ९ जनाको मृत्यु भएको छ । आज देशभरी ९ सय ८० जना संक्रमित थप भएका छन । आजसम्म संmक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।