२६ असार २०८३, शुक्रबार
,
Latest
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा प्रवज्या र अन्तरराष्ट्रिय त्रिपिटक पाठ हुँदै



अ+ अ-

रुपन्देही। बुद्धजन्मस्थल लुम्बिनीमा फागनु दोस्रो हप्तादेखि दुई ठूला कार्यक्रम हुने भएको छ । प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या ९अल्पकालीन भिक्षु० कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने भएको हो ।

अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुनेछ । यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ ।

त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित अल्पकालीन श्रामणेरहरुको सहभागिता रहनेछ । फागनु २१ गते औपचारिक उद्घाटन गरी शुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकले जनाएका छन ।

गत वर्षमा जस्तै फागुन महिनामा हुने ठूला दुई कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यवहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गरे ।

यसैगरी फागुन १४ गतेसम्म अल्पकालीन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ । भिक्षु तेछावरले ५ सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । भगवान बुद्धको शिक्षा अनुशरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन समेत स्थानीयलाई भिक्षु तेछावरको आग्रह छ ।

विशेषगरी बुद्धका उपदेशलाई व्यवहारमा पालना गर्नका लागि प्रवज्या कुलपुत्र कार्यक्रम राख्ने गरिएको हो । फागनु २० गते मंगलबार लुम्बिनीमा प्रवज्या गराइनेछ ।

त्यसपछि फागनु २२ गते लुम्बिनी हलमा भिक्षाटन, फागुन २४ गते दीप प्रज्जवलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराई चैत ३ गते प्रमाणपत्र वितरण गरी समापन गर्ने गरी कार्यतालिका बनाईएको छ । प्रमाणपत्र वितरणपछि चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् । रासस




भर्खरै