८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठीको समस्या छिट्टै समाधान हुन्छ: सरकार



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठीको समस्या समाधान गर्न मन्त्रालय लागि परेको बताएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले यस्तो बताउनुभएको हो ।

उहाँले देशभरका सबै गुठीहरुको समस्या समाधान हुनेगरी मन्त्रालय गृहकार्यमा जुटेको बताउनु भयो । उहाँले मोही किसानका समस्या समाधान गर्नको आवश्यक कानूनी व्यवस्था गरिने समेत बताउनु भयो । उहाँले राजगुठी, सरकारी गुठी र निजी गुठीको समस्या समाधान हुनेगरी मौजुदा कानूनमा रहेका समस्याहरु समाधान गर्नको लागि लागिपरेको बताउनु भयो । उहाँले मौजुदा कानूनले विशेष प्रकृतिको निजी गुठीलाई सम्बोधन नगरेको कारण गुठीहरुमा समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोहोर साल हामीले जुन दुई बुँदे सहमति गर्यौं । त्यसपछि सकेसम्म देशभरका सबै गठीहरुको समस्या समाधान होस् भन्ने हेतुले मन्त्रालयले जुन गृहकार्य गर्दै आएको छ । २०७५ सालमा आएको विधेयक फिर्ता भइसकेपछि पनि हामीले केही सरोकारवाला निकायहरुसँग छलफल गरेका थियौं । मोही किसानहरुको समस्या समाधानको लागि तत्काल कानूनी व्यवस्था गर्नुपर्यो भन्ने जुन निर्देशन भएको छ । यसमा गुठी संस्थानका अध्यक्षज्यु आफैं कानूनको पृष्ठभूमीबाट हुनुहुन्छ । उहाँ संवाद समूहको संयोजक पनि हुनुहुन्छ । मैले के निवेदन गर्न चाहन्छु भने हामी सकेसम्म सबै गुठीहरुको समस्या समाधान गर्नको लागि मौजुदा कानूनमा रहेका समस्याहरुलाई समाधान गर्नको लागि लागि परेका छौं । मौजुदा कानूनले विशेष प्रकृतिको निजी गुठीलाई नदेखेको हुनाले यो समस्या भएको हुनाले यी समग्र गुठीहरुको समस्या समाधान हुने गरी काम भइराखेको छ ।’

गुठी संस्थानका अध्यक्ष डा। शिवराज पण्डितले संविधानले मोहीको हक स्थापित गरको भएपनि मोहीको हक राजगुठीमा मात्र लागू हुने बताउनु भयो । नीजि गुठीमा मोही लागू नहुने उहाँको भनाइ छ । उहाँले सर्वोच्च अदालतका आदेशहरुले गुठी आफैं निजी नहुने भनेपनि मोहीको विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले स्वर्गद्वारी गुठीका समस्याहरुलाई संस्थानले गम्भिर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधान गर्न भूमि मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य भइरहेको बताउनु भयो । भूमि व्यवस्थ, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वयन गरी गुठीका समस्या समाधान गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संविधानले मोहीको हक स्थापित गरेको छ । मोहीको हकको विषय पनि राजगुठीको विषयमा मात्र लागू हुन्छ । यहाँ नीजि गुठीमा मोही लाग्दैन भन्ने नै हो । म कानूनको विद्यार्थी भएको कारण सर्वोच्च अदालतका फैसलाहरुलाई समेत पुनरावलोकन गरिरहेको छु । त्यो आदेशहरुले गुठी चाहीँ आफैंमा निजी हुदैन भन्छ एकातिर । हामीले मोहीको हकको कुरा गरिरहेका छौं । हामीले सर्वोच्चको फैसलालाई कोटली इग्नोर गरेर जाने अवस्था पनि छैन । नजिर पुरानो हुदैन भन्ने नै हुन्छ । यहाँ राम्रो के देखिन्छ भने स्वर्गद्वारी गुठीको आश्रम परिवारले पीडित भनेको कुरा वास्तवमै हो । उहाँहरु आजदेखि होइन पहिलेदेखि नै हो । तर उहाँहरुले उबेलादेखि नै मोहीको रुपमा प्रयोग गर्नुभएको छ । तर त्यहाँ आन्दोलनको कारणले केही ग्यापहरु भएका छन् । भूमि मन्त्रालयले गरेको निर्देशनलाई गुठी संस्थानले एकदमै गम्भिरताका साथ लिएको छ । मन्त्रालयले दिएको जिम्मेरवारी लिएको छ । र मन्त्रालयको समन्वयमा नीजि गुठीमा देखिएका समस्याहरुबारे गम्भिर रुपले सम्बोधन गर्छौं ।’

बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडित मोही किसानका समस्या समाधान गर्न सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्ने धारणा राखेका छन् । दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा आन्दोलन जारी राखेका छन् । ३ हजार ५ परिवार स्वर्गद्वारी गुठीको मोही बसेको दाङमा कुल १ हजार ५० विघा जमिन गुठीअन्तर्गत छ । पीडितहरुसँग भएको मोहीयानी पूर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो । त्यसपछि अन्यायमा परेको ती परिवारले भन्दै गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेको थियो । सरकारसँग दुई बुँदे सम्झौताभएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरुको गुनासो छ ।