२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधार केन्द्रभित्र कुटपिट हुँदा एक युवकको मृत्यु



अ+ अ-

काठमाडौं । बारामा सुधार केन्द्रभित्र कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा बिहिबार राति कुटपिट हुँदा धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको निधन भएको हो ।

कुटपिटपछि घाइते मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लानु साथै चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

गत १५ दिनअघि मात्रै सुधार केन्द्रमा भर्ना भएका मण्डलको अन्य व्यक्तिसँग वादविवादको क्रममा कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सरफराज मन्सुरी, निरज सरार्फ, राहुल भनिने महमद आँशु मिया, अरुण सरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको छ ।