१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्या अभियोगमा एक पक्राउ, नौ फरार



सांकेतिक तस्बिर
अ+ अ-

त्रिशूली । नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को टुटुङमा गाई काटेको सूचनाको आधारमा पुगेको प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई पक्राउ गरेको हो । अन्य नौ जना फरार भएकाले खोजी भइरहेको छ ।

उनीहरुले गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ । गाई काट्न प्रयोग भएको घरेलु हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । 




भर्खरै