५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु



अ+ अ-

रुपन्देही। नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

बर्दघाट नगरपालिका–१३, जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते राति दुई पक्षबिच कुटाकुट भएको प्रहरीले जनाएको हो ।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए।

डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ ।  घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनबारे अनुसन्धान थालिएको जनाएको छ।