काठमाडौं । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
आज आएको १६ जनाको रिपोर्टमध्ये अनुसार ६ जनामा संक्रमण देखिएको डिएसपी तामाङले बताए । प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये तीन जनालाई छोडिसकेको छ।











