९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

बाँकेमा थपिए दुई चक्ला वन

बाँकेमा थपिए दुई चक्ला वन
अ अ+ अ-

बाँके। बाँकेमा थप दुई वटा चक्ला वन निर्माण गरिएको छ । दिगो वन व्यवस्थापनको लागि सामुदायिक वन सम्वद्र्धन प्रणालीअन्तर्गत चालु आर्थिक वर्षमा दुईवटा चक्ला वन निर्माण गरिएको हो।

राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगञ्ज क्षेत्रमा एकमात्र चक्ला वन रहेकोेमा चालु आर्थिक वर्ष ०८२÷०८३ मा थप दुई चक्ला वन निर्माण गरिएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

यस वर्ष राप्तीसोनारी वडा नंं ३ र ४ मा भुवर भवानी र वडा नं १ मा खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा अव चक्ला वनको सङ्ख्या तीन पुगेको छ ।

माथेवास–शमशेरगञ्ज चक्ला वन सबैभन्दा ठूलो वन हो । एकतीस सामुदायिक वनलाई समेटेर दुई हजार ५७८ हेक्टरमा फैलिएको यस वनले वैज्ञानिक र व्यावसायिक विधिको अभ्यास गर्दै आएको छ ।

दुई चक्ला वन भएसँगै अब ५८ सामुदायिक वनको करिब सात हजार ५०० हेक्टर क्षेत्रफलमा सामुदायिक वन सम्वद्र्धन प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन लागु गरिएको छ ।

यसअघि सालका पुराना रूख कुकाठमा परिणत भएका थिए । चक्ला वन व्यवस्थापनमा नयाँ रूखलाई हुर्किन उपयुक्त वातावरण तयार गरिएको छ ।

वनमा उमेर पुगेका रुखलाई निश्चित मापदण्डमा रही कटान गर्ने र नयाँ रुख हुर्कनका लागि वैज्ञानिक विधिमा उपयुक्त वातावरण सिर्जना गरिएको हुन्छ।

आर्थिक वर्ष २०७३÷०७४ देखि सुरु भएको सम्शेरगन्ज–माथेबास चक्ला वन व्यवस्थापन कार्यक्रमबाट वार्षिक रु १० करोड ७४ लाख राजस्व सङ्कलन भइरहेको छ ।

कार्यालयले चालु आव २०८२÷०८३ बाट कार्यान्वयनमा ल्याएको ‘भूवर भवानी र खर्चेताल चक्ला वन’ बाट वार्षिक सोही हराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

वन व्यवस्थापनबाट झन्डै ३० देखि ३५ जना कर्मचारीले वर्षभरि रोजगारी पाएको र ४०० स्थानीयले प्रत्यक्ष लाभ लिन पाएका छन्।

उनीहरू रुख कटान मुछान, घाटगद्धी, वनपथ निर्माण, मर्मतलगायत सम्बन्धी काममा जोडिएका छन्। बाँकेमा सरकारी संरक्षित क्षेत्रबाहेक दुई सय ४७ वन क्षेत्र छन् ।

तीमध्ये एक सय १९ सामुदायिक, चार धार्मिक र एक सय २४ निजी वन रहेका छन् । कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्छ । रासस