१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य थापाले बाबुराम भट्टराईलाई यतिसम्म भनेपछि…



अ+ अ-

काठमाडौं। अत्यन्तै छुचो र कटु स्वभावका तथा नेतादेखि कार्यकर्तालाई छुद्र शब्द पोखेर दोषारोपण गर्ने गरेका नेकपाका नेता सूर्य थापाले पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईलाई गम्भीर प्रश्न तेर्साएका छन् । प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत रहेका थापाले पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्रीलाई ठाडो शिर पारेर हेर्नेसम्मको हिम्मत नभएको भन्दै बडो तल्लो स्तरमा ओर्लिएर टिप्पणी गरेका छन् । 

अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका थिए 'गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए। विज्ञको रुपमा आएको पाएको शंकाको लाभ पूरै खेर फाले। ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने संभावना पनि छैन। रुनु न हाँस्नु ।’ 

डा. भट्टराई सामाजिक संजालमा निकै सक्रिय रहन्छ। उनी विभिन्न विषयमा टिप्पणी गरिरहन्छन्। त्यसो त कतिपयले डा. भट्टराईको भाषा अशिष्ट भन्दै आलोचना पनि गर्ने गरेका छन्।

भट्टराईले ट्वीट गरेको चार दिनपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी’ भन्दै सोमबार विहान सामाजिक संजाल फेसबुकबाट जवाफ फर्काएका छन्।

थापाले भट्टराईलाई सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ? डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?’ भन्दै प्रश्न गरेका छन्। उनले डा. भट्टराईले ट्वीटमा प्रयोग गरेको केही भाषा, गालीगलोज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्नेरु के सिक्ने ? के अनुशरण गर्ने ? भन्दै प्रश्न पनि गरेका छन्।

‘उनको जवाफको ट्वीटमा थापाले लेखेका छन्, विगत तीन वर्षसम्म अर्थमन्त्री हुँदा युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ?,’ थापाले लेखेका छन्, ‘अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ?’

थापाले भट्टराईलाइ प्रधानन्त्री ओलीसँग आँखा जुधाएर सामुन्नेमा उभिउर ओलीको निरंकुश, भ्रष्ट र गफास्टक नेतृत्व भन्न चुनौतीसमेत दिएका छन्। थापाले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ ? 'ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व ?’

थापाले ओली निरंकुश राजतन्त्र विरूद्ध गोलघर, जेल र सेलमा १४ वर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै भन्दै प्रश्न गरेका छन्।

थापाले विप्पा सम्झौताको प्रसंग उल्लेख गर्दै लेखेका छन्, ‘जबकि 'विप्पा सम्झौता गरेर जुवा खेले' भन्ने तपाईँको आफ्नै कार्यशैली सम्झिनुस त कस्तो थियो ? प्रधानमन्त्री हुँदा जुवाडे भन्न अरूले पर्छ र ?




भर्खरै