२२ बैशाख २०८२, सोमबार
May 5, 2025 Monday
Latest
प्रधानमन्त्री ओलीसँग देउवाको दुई घण्टा छलफल, के भयो कुरा ? अख्तियारको आँखा माधवकुमार नेपालतिर, बयान लिएर छाडियो ! नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सांसदहरूको आग्रह प्रधानन्यायाधीश राउत नेतृत्वको बेलायत भ्रमण महत्त्वपूर्ण महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ-बालेन ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’ भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँः मन्त्री पौडेल प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस नीति तथा कार्यक्रम सकारात्मक- डा प्रकाशशरण मह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि माधव र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ भएन



अ+ अ-

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथिविरुद्धको मुद्दामा आज पनि सुनुवाइ रोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दामा जिल्लाबाट मिसिलहरू आइनपुगेकाले सुनुवाइ हुन नसकेको निवेदक बालकृष्ण न्यौपानेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । अख्तियारको उक्त निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

निवेदकले उनीहरु ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए ।

विगत ५ वर्षमा १३ पटक सुनुवाइका लागि पेशी तोकिएर पनि यो मुद्दामा अझै टुंगो लाग्न सकेको छैन ।

नोटः यसअघि यस मुद्दामा सुनुवाई भयो भनिएकोमा सच्चाईएको छ ।