६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनामुक्त प्रहरी भन्छन्– मनोबल उच्च पार्दा सजिलै जितिन्छ

कोरोनामुक्त प्रहरी भन्छन्– मनोबल उच्च पार्दा सजिलै जितिन्छ
अ+ अ-

काठमाडौँ । प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो । 

कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा अतिविशिष्ट पाहुनाको आउजाउ, नियमित हुने बैठक÷छलफल, अपराध नियन्त्रणका क्रममा हुनुपर्ने दौडधूपका क्रममा उहाँ पनि सङ्क्रमित हुन पुग्नुभयो । 

“शुरुमा कार्यालयका केही प्रहरीलाई ज्वरो आयो, उनीहरुको स्वाब परीक्षण गराउँदा कोभिड–१९ देखियो, साउन ७ मा मैले पनि स्वाब परीक्षण गराएँ, मेरो पनि पोजेटिभ रिपोर्ट आयो”, कँडेलले सुनाउनुभयो, “त्योबेला कार्यालयका मात्रै ३८ जना सङ्क्रमित भेटिए ।” होम आइसोलेशनमा बसेर उच्च मनोबलका साथ कोरोनालाई पराजित गर्नुभएका उहाँले बेसार पानी र जडीबुटीलाई प्राथमिकता दिएको अनुभव सुनाउनुभयो । “आयूर्वेद चिकित्सकको सल्लाहमा जडीबुटी तथा आयुर्वेदिक औषधि खाएँ, बोझो, गुर्जो उमालेर र तातो खानेकुरा खाएँ, शरीरलाई तातो राख्न नियमित व्यायाम पनि गरेँ”, कँडेलले अनुभव सुनाउँदै भन्नुभयो, “आवश्यक सावधानी र उच्च मनोबल बनाउँदा सजिलै जितिने रहेछ ।” 

शरीरमा लक्षण देखिएन, तर समाजले लगाएको लाञ्छनाले भने उहाँको मनमा नमीठो चोट पर्यो । सङ्क्रमण नभएका प्रहरीलाई सामान दिन हिचकिचाउने, कुनै चिज लिन जाँदा पसल नै बन्द गर्ने अवस्था देखिए । त्यसबाट प्रहरी कर्मचारी हतोत्साही भएनन् । सामाजिक दूरी कायम गर्न सके र मास्क नियमित लगाएमा सर्ने सम्भावना अत्यन्तै कम हुन्छ भन्ने कुरा समाजमा चेतना नपुगेको सङ्क्रमित प्रहरीले अनुभव गरेका छन् । 

कोभिड–१९ को महामारीका क्रममा अग्रपङ्क्तिमा रहेर जनताको स्वास्थ्यसँगै मुलुककको शान्ति÷सुरक्षामा खटिनेमध्ये कँडेलजस्तै धेरै प्रहरी छन् । कोरोना भाइरसको महामारीकाबीच प्रहरी सक्रिय छन् । सङ्कट व्यवस्थापनसँगै सडक र शहर सुरक्षा, विपद् उद्धार र दैनिक कार्यमा पर्ने अन्य शान्ति सुरक्षाका कममा प्रहरी व्यस्त छन् । आर्कतर्फ यसरी सरकारको आदेश पालनामा अहोरात्र खटिँदा सङ्क्रमित हुने क्रम बढ्दो छ । 

कर्तव्यपालनाकै क्रममा थाहै नपाइ कोरोना सङ्क्रमित हुनुपर्दाको मानसिक पीडा उनीलाई अरु मानिसलाई झैँ नहुने कुरै भएन । तर सङ्क्रमणमा परे पनि फेरि राष्ट्रसेवामा फर्कने दरिलो आँटसहित आइसोलेशन कक्षमा आम मानिस झैँ बसे । अनि उच्च मनोबलका साथ कोरोना भाइरसलाई जितेर धमाधम कार्यस्थलमा फर्कदैछन् । 

समाजसेवामा सक्रिय रहेको गुण बिर्सेर सङ्क्रमित बन्दा केहीले सामाजिक दुव्र्यवहारको पीडाको अनुभव भने सङ्गालेका छन् । प्रहरीको शरीरिक स्फूर्ती, आत्मबल र सचेत मनस्थितिका अघि कोरोना भाइरस कमजोर नै बन्यो । जसका कारण अहिलेसम्म जतिलाई सङ्क्रमण भयो सबै झन् तन्दुरुस्त बनेर कर्तब्य पालनामा उक्रन सफल भए ।

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनालाई परास्त गर्न राज्यले तय गरेको रणनीति मुताविक उनीहरु सङ्क्रमणमुक्त भएपछि त्यसविरुद्धको मोर्चालाई अझै सशक्त पार्न कस्सिएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायत कोभिड–१९ बाट नागरिकलाई जोगाउने राष्ट्रिय सङ्कल्पप्रति सङ्क्रमणमुक्त कर्मचारीमा देखिएको लगाव र समर्पण भावले अन्य प्रहरीलाई हौसला मिलेको बताउनुहुन्छ ।

मुलुकभर शनिबारसम्म ४५ हजारमा कोभिड–१९ देखिएको छ । त्यसमध्ये दुई हजार बढी नेपाल प्रहरी सङ्क्रमित भएका छन् । समग्रमा निको हुने दरको तुलनामा प्रहरीमा भने बढ्दो क्रममा रहेको देखिएको छ । उच्च मनोबलका कारण निको हुने दर बढिरहेको र कोरोनाविरुद्ध सहज जीत हासिल गरिरहेको कडायतले जानकारी दिनुभयो । 

विश्वमा पहिलोपटक कोरोना देखिएको मुलुक चीनको उहानबाट आएका एक नेपालीमा गत वर्षको माघ ९ गते कोभिड– १९ देखिएको थियो । सङ्क्रमण रोक्न सरकारले चैत ११ देखि घोषणा गरेको बन्दाबन्दी चार महिनापछि साउन ६ गतेदेखि अन्त्य भयो । त्यसपछि एक्कासी सङ्क्रमण फैलिँदा त्यसको रोकथामका लागि भदौको शुरुदेखि नै जिल्लाजिल्लामा निषेधाज्ञा जारी छ । 

सरकारको निर्णय र निर्देशनअनुसार सबै गतिविधिको अग्रपङ्क्तिमा खटिएका नेपाल प्रहरी सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन बाट जोगिएनन् । प्रहरीमाथि राज्यको शान्तिसुरक्षा कायम गर्ने महत्वपूर्ण दायित्व छ । समाजका हरेक गतिविधिमा प्रहरीले अग्रमोर्चा सम्हालिरहेको हुन्छ । विगतमा क्वारेन्टिनबाट भागेका व्यक्ति नियन्त्रण लिन, अपराध नियन्त्रण, आन्दोलन वा आपतकालीन अवस्थालगायत जुनसुकै समयमा पनि प्रहरी आफ्नो भूमिकाबाट पछि हट्न पाउँदैन । त्यस्तो जटिल परिस्थितिमा सामाजिक दूरी कायम गर्न सकिँदैन । 

कोरोनाकालमा देशका धेरै जिल्लामा पटकपटक आन्दोलन भयो । बाढी÷पहिरामा परेकाको उद्धारमा प्रहरीले चाहेर पनि मापदण्ड प्रयोग गर्न सकेन । केही दिनअघि ललितपुरमा रातो मित्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा प्रहरीले कुटाई नै खानुपरेको थियो । यस्तैयस्तै घटनाका कारण प्रहरी कोरोनाबाट जोगिन सकेन । 

कोभिड–१९ सङ्क्रमण रोकथामकै लागि नेपाल प्रहरीले बनाएको केन्द्रीय हेल्थ डेस्कका स्रोतव्यक्ति प्रहरी उपरीक्षक वसन्त रजौरे पनि कोरोनालाई परास्त गरेर कार्यक्षेत्रमा खटिसक्नु भयो । साउन २६ देखि भदौ ४ सम्म उहाँले कोरोनाको सामना गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई सङ्क्रमणको कुनै महसुस भएन, मनोबल गिराउनुहुन्न ठीक हुन्छ ।” कोरोना लागेपछि सखापै भयो भन्ने जस्तो प्रचार भएकोमा उहाँ दुःखी हुनुहुन्छ । 

चिकित्सकले कोरोना लाग्दा सावधानी अपनाउँदा, उच्च मनोबल पार्दा र रोग प्रतिरोधात्मक क्षमता बढाउने घरेलु उपाय अपनाउँदा जोखिम कम हुने बताउँदै आएका छन् । प्रहरी उपरीक्षक रजौरेले पनि त्यही प्रक्रिया अपनाउनुभयो । “कोरोना जसलाई पनि लाग्न सक्छ, सावधानी अपनाउने हो, लागिहाले पनि डराउनुहुन्न, सजिलै जित्न सकिन्छ”, उहाँले सुझावसहितको अनुभव साट्नुभयो ।

होम आइसोलेशनमा बस्दा रजौरे बिहानभित्रै हिँडडुल गर्नुहुन्थ्यो । नियमित कागती पानी, बेसार, अदुवा, मेथी, तुलसी, टिमुर, लसुन हालेर पानी पिउने र गुर्जो कुटेर खाने गर्नुहुन्थ्यो । कहिलेकाही उहाँले भिटामिन सि पनि प्रयोग गरेको सुनाउनुभयो । “रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर म ज्वानोको झोल र फलफूल पनि खान्थेँ, राति सुत्ने बेलामा बेसार हालेर दूध नियमित खाएँ, त्यसैको कारण होला कोरोनाविरुद्ध सहज जीत भयो”, उहाँले थप्नुभयो ।

बालाजु वृत्तका प्रहरी निरीक्षक गम्भीरजङ्ग थापा विदेशबाट आएका नेपालीलाई राख्ने यति होल्डिङ सेन्टरको सुरक्षामा खटिने क्रममा सङ्क्रमित हुनुभएको हो । शुरुमा त्यहाँ खटिएका नेपाली सेनामा कोरोना देखियो । त्यसपछि प्रहरीको स्वाब परीक्षण गर्दा एक असइलाई कोरोना देखियो । असार २६ गते थापाको स्वाब परीक्षणको प्रतिवेदन पोजेटिभ आयो । 

उच्च सावधानी अपनाउँदा अपनाउँदै पोजेटिभ हुँदा उहाँलाई शुरुमा आश्चर्य पनि लाग्यो । “कोरोना लागेको र मानिस मरेको सुन्दा डर लागेको थियो, आफैँले अनुभव लिएपछि केही होइन रहेछ भन्ने लाग्यो, लापरवाही गर्नुहुन्न, ख्याल ग¥यो भने रुघाखोकी जस्तै हो”, थापाले सुनाउनुभयो । ससस्त्र प्रहरी अस्पताल बलम्बुको आइसोलेशन शय्यामा बस्दा औषधिका साथमा उहाँले बेसार र अदुवा पानी टुटाउनुभएन । डराउँदा, कमजोर महसुस गर्दा प्रतिरोधी क्षमतामा असर पर्न सक्नेतर्फ उहाँले सुझाव दिनुभयो ।

प्रहरी प्रधान कार्यालयका सवारी महाशाखामा काम गर्ने प्रहरी सहायक निरीक्षक किसनबहादुर थापालाई कोरोना पराजित गर्न १५ दिन लाग्यो । साउन १५ देखि ३० गतेसम्म उहाँ आइसोलेशनमा रहनुभयो । राजधानीमा हुने भिडभाड नियन्त्रणदेखि नारा, जुलुस, धर्ना रोक्न खटिएका साथीसँगै उहाँमा कोभिड–१९ देखियो । आफूसहित ५८ जनाले सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको बताउने थापा अधिकांशलाई लक्षण नै नदेखिएको बताउनुहुन्छ ।

“कोरोना लाग्योभन्दा डर नलागेको होइन, विस्तारै आफूलाई सम्हालेँ, मनोबल उच्च पारेँ र जितेँ”, थापाले सुल्झाउनुभयो, “हेल्चेक्रयाइँ गर्दै नगर्नुस्, लागिहाले रुघाखोकी नै हो भनेर लिनुस् ।” समाजले पनि सङ्क्रमितलाई हौसला दियो भने निको हुन सहयोग गर्ने उहाँको अनुभव छ ।
अहिलेसम्मको अवस्था विश्लेषण गर्दा कार्यस्थलमा खटिएका प्रहरी बढी सङ्क्रमित छन् । नेपाल प्रहरीका प्रवक्ता कडायत भन्नुहुन्छ, “प्रहरी कामबाट विमुख हुनै सक्तैन, सरकारले जारी गरेको र आफैँले बनाएको मापदण्ड अक्षरशः पालनामा स्पष्ट निर्देशन छ, यति हुँदाहुँदै पनि कोरोनाबाट जोगाउन सकिएन ।” प्रहरी कर्मचारीको सङ्क्रमण र निको हुने दर हेर्दा सङ्क्रमितले कत्ति पनि आत्तिनु हुन्न भन्ने पाठ सिकेको उहाँले बताउनुभयो । 

निको भएका प्रहरी कर्मचारी अझै ऊर्जाका साथ काममा लागेका छन् । त्यो देख्दा अन्य प्रहरी कर्मचारीमा पनि मनोबल बढेको कडायतको ठम्याइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी उपत्यकाका प्रहरीमा कोभिड–१९ देखिएको छ । त्यसपछि प्रदेश १, २ र ५ मा भेटिए । प्राप्त विवरणमा दुई हजार १०० सङ्क्रमित प्रहरीमध्ये झण्डै ५० प्रतिशत ९एक हजार० निको भएर काममा खटिइसकेका छन् । उनीहरुको मनोबल उच्च देख्दा अन्य प्रहरी कर्मचारीमा हौसला थपिएको छ । 

कार्यस्थलमा खटिएका, आपतकालीन उद्धारमा गएका, अपराध अनुसन्धानका क्रममा पुगेका, मानिस पक्राउ वा भीड नियन्त्रणका बेला, अभियुक्त पक्राउ गर्दा प्रहरीमा सङ्क्रमण भएको प्रहरीको निष्कर्ष छ ।