६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जग्गा दलाल र स्थानीय निकायको दवाबमा वर्गीकरण नै नगरी कित्ताकाट खुला !

जग्गा दलाल र स्थानीय निकायको दवाबमा वर्गीकरण नै नगरी कित्ताकाट खुला !
अ+ अ-

काठमाडौं । भूउपयोग ऐनअनुसार जमिनको वर्गीकरण नै नगरी सरकारले जग्गाको कित्ताकाट खोलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा कित्ताकाट रोक्नका लागि यसअघि भएको सबै निर्णय खारेज गरेको हो । मन्त्रालयले खेतीयोग्य जमिनको खण्डीकरण भएको भन्दै २६ साउन २०७४ देखि जग्गाको कित्ताकाट रोकेको थियो । तर, ऐन बने पनि त्यसको कार्यान्वयनका लागि भूउपयोग नियमावली नै नबनीकन सरकारले जमिनको कित्ताकाट खोलेको हो । यसअघि नै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले २०७५ पुस २७ गते मन्त्रालयले भूउपयोग ऐन जारी नहुँदासम्म स्थानीय सरकारको सिफारिसमा खेतीयोग्यबाहेक अन्य जमिन कित्ताकाट गर्न सकिने व्यवस्था गरेकी थिएन । 

अहिले भूउपयोग ऐन जारी भइसकेकाले यसअघिका सबै निर्णयहरू खारेज गरिएको भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । तर, ऐनबमोजिम, उपयोगबमोजिम जमिनको वर्गीकरण संघीय सरकारले गर्नुपर्छ । त्यसका लागि नियमावली आवश्यक छ । तर, जमिनको वर्गीकरण नै नगरी कृषियोग्य जमिनको खण्डीकरण खुलाउने निर्णय मन्त्री अर्यालले गरेकी हुन् । मुलुकको सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्ने वेला सीमित व्यवसायीलाई लाभ पु¥याउने गरी मन्त्रालयले निर्णय गरेको भन्दै मन्त्रिपरिषद्कै सदस्यले त्यसमा असन्तुष्टि व्यक्त गरेका छन् । ‘खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्दै व्यावसायिक खेतीलाई अघि बढाउनुपर्नेछ, तर त्यस्तो जमिन किनबेचमा सक्रिय दलालहरूलाई फाइदा पु¥याउने गरी सरकारले निर्णय गरेको छ,’ उच्च सरकारी स्रोतले नयाँ पत्रिकालाई बतायो ।    

अबदेखि जग्गा कित्ताकाट गर्ने अधिकार स्थानीय सरकारले प्रयोग गर्न पाउने भएका छन् । स्थानीय सरकारले भूउपयोग ऐन र स्थानीय सरकार ऐनअनुसार भूमिको वर्गीकरण गर्न सक्ने अधिकार प्राप्त गरेको मन्त्रालयका प्रवक्ता जोशीले बताए । मन्त्रालयले स्थानीय सरकारलाई भूउपयोग नक्सा उपलब्ध गराउनेछ । सोही आधारमा स्थानीय सरकारले भूउपयोग ऐनअनुसार जग्गाको वर्गीकरण गर्नेछन् । तर, प्रचलित ऐनलाई भने पालना गर्नुपर्ने उनले बताए । 

सरकारले ठूला व्यवसायीहरूको दबाबमा अहिले जग्गा कित्ताकाट खुला गरेको रियल इस्टेट एजेन्ट एसोसिएसन अफ नेपालका अध्यक्ष ईश्वर खरेलले बताए । कोरोना संक्रमणका कारण धेरै व्यवसायी टाट पल्टिएका कारण व्यवसायीले मन्त्रालयलाई कित्ताकाटका लागि दबाब दिएको उनको भनाइ छ । उनले भने, ‘आमजनताको हितका बारेमा सरकारले सोचेको भए पहिले नै खुलाइसक्थ्यो ।’ कोरोना संक्रमणका कारण थलिएको नेपालको अर्थतन्त्र घरजग्गा व्यवसायले चलायमान हुने घरजग्गा व्यवसायी विपिन चित्रकारले बताए । ढिलै भए पनि सरकारले कित्ताकाटलाई खुला गरेकोमा व्यवसायी उत्साहित भएको उनले बताए । जग्गा कित्ताकाटमा रोक लगाउँदा जग्गा बिक्री गर्नकै लागि अंशबन्डा गर्ने, चोरबाटो अपनाउने गरेका थिए । 
   
भूमि व्यवस्था मन्त्रालयले भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि भन्दै भूउपयोग ऐन २०७६ जारी गरेको हो । ऐनअनुसार भूमिलाई ९ वर्गमा विभाजन गरिएको छ । ऐनअनुसार भूमिलाई कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा विभाजन गरिएको छ । ऐनमा आवासीय क्षेत्रमा मात्रै जमिनको कित्ताकाट गर्न पाउने व्यवस्था छ । सरकारले भूउपयोगअनुसार जमिनको वर्गीकरण गर्नुपर्ने र सोहीअनुसार मन्त्रालयले प्रत्येक स्थानीय तहको भूउपयोग क्षेत्र नक्सा तयार गर्नुपर्नेछ । यो ऐन जारी भएको एक वर्षभित्रमा मन्त्रालयले स्थानीय तहको भूउपयोग नक्सा तयार गरी हस्तान्तरण गर्नुपर्नेछ । तर, मन्त्रालयले यो कुनै काम गरेको छैन । आवश्यक नीतिगत व्यवस्था नै नगरी, जमिनको वर्गीकरण नै नगरी जग्गाको कित्ताकाट खोल्नु उचित नहुने जानकारहरू बताउँछन् । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि मन्त्रालयलाई जग्गाको कित्ताकाट खोल्न निर्देशन दिएको थियो । जबकि, त्यसरी कुनै मन्त्रालय वा सरकारी निकायलाई निर्देशन दिने अधिकार अख्तियारलाई संविधान र कानुनले दिएको छैन । कित्ताकाट रोक्दा भ्रष्टाचार बढेको भन्दै अख्तियारले मन्त्रालयलाई सो खोल्न गत असारमा निर्देशन दिएको थियो । ‘जग्गा दलालको दबाबमा अख्तियारले कार्यक्षेत्रमै नपर्ने विषयमा निर्देशन दियो, त्यही निर्देशन पालना गर्ने भन्दै मन्त्रालयले कित्ताकाट खोलेको छ,’ मन्त्रालय स्रोतले भन्यो । नयाँ पत्रिकामा समााचार छ ।