२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल



अ+ अ-

हेटौडा। बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताएका छन्।

यहाँको रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताए ।

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राखे । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताए ।

जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताएका थिए । उक्त सब डिभिजनको भवन एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो ।