१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद ढकालको सुझाव- निरो नबन्नुस प्रधानमन्त्री र मन्त्रीज्यूहरु



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद नरमाया (प्रज्ञा) ढकालले कोरोनाको निषेधाज्ञाका कारण नागरिकले निकै सास्ती पाइरहेका तर सरकार भने कानमा तेल हालेर बसेको भन्दै आलोचना गर्नुभएको छ । उहाँले रोगले भन्दा भोकले मर्ने भइयो भन्दै भक्कानिएर रोइरहेकाहरूको आँशु कसले देख्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँले अफ्नो फेसबुक स्टाटसमा सरकाप्रति कैयौँ प्रश्न गर्नुभएको छ ।

ती प्रश्नहरुमा उहाँले देशको वर्तमान परिस्थितिमा पनि सरका मल देखि अरु धेरै क्षेत्रमा असंवेदनशील बनेको बताउनुभएको छ । साथै उहाँले अन्त्यमा प्रधानमन्त्री र मन्त्रीहरुलाई निरो नबन्न सुझाव दिनुभएको छ । रोम शहर जलिरहेका बेला निरो भने बाँसुरी बजाएर बसिरहेको दृष्टान्त पेश गर्दै उहाँले सरकारका मन्त्रीहरु र स्वयं प्रधानमन्त्रीलाई नै निरो नबन्न सुझाउनुभएको हो । उहाँको फेसबुक स्टाटस यहाँ प्रस्तुत गरिएको छ ।  

'रोगले भन्दा भोकले मर्ने भइयो भन्दै भक्कानिएर रोइरहेकाहरूको आँशु कसले देख्ने ? एक छाक भोक टार्न भक्तपुरदेखि झम झम पानीमा भिज्दै थाल थाप्न टुंडिखेल आइपुग्नेहरूको आर्तनाद कसले सुन्ने ? कोरोना लागेपछि कसैको सहारा नपाउँदा क्वारेन्टाइनमा प्राण त्याग्नेहरूबारे कसले बोल्ने ? निषेधाज्ञाले घरमै थुनिँदा चुल्हो नबल्नेहरूको कष्ट कसले बुझ्ने ? मल नपाएर लहलह बाली मर्नै लाग्दा चिन्तित किसानको पीडा कसले सोध्ने ?  जनताको जीवन र मानवियतासँग जोडीएका यस्ता दर्जनौं प्रश्नहरू मनमा उठिरहेका छन् । के सरकारमा बसिरहेकाहरूको मनमा यो कुरा उठ्दैन होला वा मननै ढुँगाको भइसक्यो ? मानवियता शून्य, संवेदना शून्य । जनता भोकले मरिरहँदा प्रधानमन्त्री र मन्त्रीज्यूहरू कतै देखिनुहुन्न । के सरकार हराएको हो यो देशमा ? कात्रोमा गोजी हुन्न भन्ने नबिर्सौ । संवेदनाहिन नबनोस् सरकार । निरो नबन्नुस् प्रधानमन्त्री र मन्त्री ज्यूहरू ।'
 




भर्खरै