१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेका हुन्। 

“लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भने। 

महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ । विस २०७३ सालमा स्थापना भएको महासङ्घमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन् ।




भर्खरै