१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता खोज्दै कालीगण्डकीको बाँधसम्म



अ+ अ-

बलेवा । बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पु¥याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मिर्मिस्थित ड्यामसम्म प्रहरीले खोजी थालेको छ । 

बाढीपहिरो गएको छ दिन बिते पनि बेपत्ता भएका सबैजना भेटिएका छैनन् । खोजीकार्य जारी छ । प्रहरी, सशस्त्र र सेनाले व्यापक खोजी गरिरहे पनि अहिलेसम्म भेट्न नसकिएको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वको टोलीले गुल्मीको रिडी र स्याङ्जाको मिर्मिस्थित कालीगण्डकीको ड्यामसम्म बेपत्ताको खोजीमा निस्केका छन् । शव भेटिन्छ की भनेर खोजीमा हिँड्दा केही पत्ता लगाउन नसकिएको उहाँले बताउनुभयो । दिनभर खोजी उद्धार गर्दा मरेको भैँसी मात्र भेटिएको समेत उहाँले बताउनुभयो । ठूलो पहिरो, खोलामा धेरै ढुङ्गागिट्टीको थुप्रो र बगेको पानी बडिगाड हुँदै कालीगण्डकीमा पुग्ने भएकाले खोजी उद्धार कठिनाइ भएको हो ।

वर्षात्मा नदीको बहाव पनि ठूलो छ । बगेर कालीगण्डकीको ड्याममा पुगेको अवस्थामा मात्रै सफाइको क्रममा शव भेटिन सक्छ । बिचबिचमा अड्केको अवस्था भएमा खोजी भए पनि भेट्टाउन कठिन हुने भण्डारी बताउनुहुन्छ । खोजी गरिएको खण्ड झण्डै १०० किमीभन्दा लामो स्थान पर्छ । सानो जनशक्तिले धेरै स्थानमा खोजी गर्न कठिन छ । पानीको बहाव कम भएपछि भने बगरमा भेटिन सक्ने उहाँले बताउनुभयो । पुरिएर शव गल्ने अवस्था भयो भने पत्ता लाग्न पनि कठिन हुने खोजी टोलीको भनाइ छ । 

घटनास्थलमै पनि ठूला ढुङ्गा भएकाले खोजी उत्तिकै समस्या छ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीका अनुसार यहाँका ८० घर पूर्णरुपमा बगाएको छ । एकाउन्न घरमा आंशिक क्षति भएको छ । पहिरोमा परेर १७ जनाको मृत्यु भएको हो भने २१ बेपत्ता छन् । ती घरमा बाँचेका झण्डै ३५० विस्थापितमा परेका छन् । विस्थापित गाउँमा रित्तिएका घर, आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । केहीले बारीमा पाल टाँगेर बस्न बाध्य छन् । 




भर्खरै