एजेन्सी । धेरैलाई घरमा घरपालुवा जनावर पाल्न मन लाग्छ भने धेरैले आफ्नो एक्लोपन हटाउन जनावर पाल्ने गर्छन् ।
घरपालुवा जनावरहरूले परिवारको सदस्य जस्तै माया र हेरचाह पाउँछन् । आज हामी तपाईलाई बताउन गइरहेका छौँ कि वास्तु अनुसार कुन–कुन जनावर पाल्दा तपाईको घरमा सुख–समृद्धि आउँछ ।
वास्तु अनुसार बिरालो पाल्नु शुभ मानिन्छ । वास्तु मान्यता अनुसार बिरालोले तपाईका लागि सौभाग्य ल्याउँछ । सुनौलो रंगको बिरालो राख्नु बढी शुभ मानिन्छ । यसले तपाईलाई पैसा ल्याउने बाटो खोल्छ ।
यो पनि भनिन्छ कि बिरालोले व्यक्तिलाई ‘कालो जादू’को प्रभावबाट बचाउँछ । यसका साथसाथै घरमा कालो कुकुर राख्नु पनि शुभ मानिन्छ, किनभने यसले घरको धेरै समस्याहरू हटाउँछ ।
वास्तु अनुसार घरमा सुगा राख्नु पनि निकै शुभ मानिन्छ । यसले घरमा सकारात्मक प्रभाव पार्छ, जसले परिवारमा खुशी ल्याउँछ । सुगालाई सधैं घरको उत्तर वा पूर्व दिशामा राख्नुपर्छ ।
यसबाट तपाईले धेरै फाइदा लिन सक्नुहुन्छ । यसका साथसाथै यो पनि ध्यानमा राख्नुहोस् कि सुख र समृद्धि तब आउँछ जब तपाईको सुगा खुसी हुन्छ । मान्यता अनुसार सुगा खुसी नहुने घरमा नकारात्मक प्रभाव बढ्न थाल्छ ।
तपाईले माछा पाल्ने मान्छेहरु पनि देख्नु भएको होला । यो जति सुन्दर देखिन्छन्, वास्तुमा पनि उत्तिकै शुभ मानिन्छन् । घरमा माछा राख्नाले व्यक्तिको सौभाग्य र समृद्धि दुवै बढ्ने सम्भावना हुन्छ । यसका साथै घरमा कछुवा राख्नु पनि वास्तुशास्त्रमा धेरै शुभ मानिन्छ ।
यसबाट साधकको बाँकी काम चाँडै पूरा हुन थाल्छ ।
हिन्दु धर्ममा गाईलाई आमाको दर्जा दिइएको छ । वास्तुका अनुसार घरमा गाई पाल्दा देवी–देवताको आशीर्वाद सधैं साथमा रहन्छ । यदि तपाईलाई घरमा गाई पालन गर्न सम्भव छैन भने, त्यसको सट्टा तपाईले गाईको सेवामा योगदान गर्न सक्नुहुन्छ । सुख समृद्धिको लागि गाईलाई दैनिक रोटी वा हरियो घाँस खुवाउनुपर्छ ।










