२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी जनावरहरू पाल्नाले घरमा सुख र समृद्धि आउँछ



एआई तस्बिर
अ+ अ-

एजेन्सी । धेरैलाई घरमा घरपालुवा जनावर पाल्न मन लाग्छ भने धेरैले आफ्नो एक्लोपन हटाउन जनावर पाल्ने गर्छन् ।

घरपालुवा जनावरहरूले परिवारको सदस्य जस्तै माया र हेरचाह पाउँछन् । आज हामी तपाईलाई बताउन गइरहेका छौँ कि वास्तु अनुसार कुन–कुन जनावर पाल्दा तपाईको घरमा सुख–समृद्धि आउँछ ।

वास्तु अनुसार बिरालो पाल्नु शुभ मानिन्छ । वास्तु मान्यता अनुसार बिरालोले तपाईका लागि सौभाग्य ल्याउँछ । सुनौलो रंगको बिरालो राख्नु बढी शुभ मानिन्छ । यसले तपाईलाई पैसा ल्याउने बाटो खोल्छ ।

यो पनि भनिन्छ कि बिरालोले व्यक्तिलाई ‘कालो जादू’को प्रभावबाट बचाउँछ । यसका साथसाथै घरमा कालो कुकुर राख्नु पनि शुभ मानिन्छ, किनभने यसले घरको धेरै समस्याहरू हटाउँछ ।

वास्तु अनुसार घरमा सुगा राख्नु पनि निकै शुभ मानिन्छ । यसले घरमा सकारात्मक प्रभाव पार्छ, जसले परिवारमा खुशी ल्याउँछ । सुगालाई सधैं घरको उत्तर वा पूर्व दिशामा राख्नुपर्छ ।

यसबाट तपाईले धेरै फाइदा लिन सक्नुहुन्छ । यसका साथसाथै यो पनि ध्यानमा राख्नुहोस् कि सुख र समृद्धि तब आउँछ जब तपाईको सुगा खुसी हुन्छ । मान्यता अनुसार सुगा खुसी नहुने घरमा नकारात्मक प्रभाव बढ्न थाल्छ ।

तपाईले माछा पाल्ने मान्छेहरु पनि देख्नु भएको होला । यो जति सुन्दर देखिन्छन्, वास्तुमा पनि उत्तिकै शुभ मानिन्छन् । घरमा माछा राख्नाले व्यक्तिको सौभाग्य र समृद्धि दुवै बढ्ने सम्भावना हुन्छ । यसका साथै घरमा कछुवा राख्नु पनि वास्तुशास्त्रमा धेरै शुभ मानिन्छ ।
यसबाट साधकको बाँकी काम चाँडै पूरा हुन थाल्छ ।

हिन्दु धर्ममा गाईलाई आमाको दर्जा दिइएको छ । वास्तुका अनुसार घरमा गाई पाल्दा देवी–देवताको आशीर्वाद सधैं साथमा रहन्छ । यदि तपाईलाई घरमा गाई पालन गर्न सम्भव छैन भने, त्यसको सट्टा तपाईले गाईको सेवामा योगदान गर्न सक्नुहुन्छ । सुख समृद्धिको लागि गाईलाई दैनिक रोटी वा हरियो घाँस खुवाउनुपर्छ ।